सिगौडी केन्द्रबिन्दु बनाएर भूकम्प

साउन ३, २०७८ आइतबार

दैलेख । पश्चिम नेपालमा भकम्प गएको छ । आइतबार दैलेख केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । 

राती ८ बजेर ५९ मिनेट जाँदा दैलेखको आठबीस नगरपालिकाको सिँगौडी आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्नेच्यूडको  भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतले आइतबार राती भूकम्प गएको जनाएको छ ।