डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु

साउन ४, २०७८ सोमबार

डोटी । अछामको मङ्गलसेन नगरपालिका-१४ कालागाउँमा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ढकारी गाउँपालिका-२ का ३७ वर्षीय रामबहादुर साउद रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भइरहेको छ । 

ठाँटीबाट खाँटतर्फ गइरहेको उक्त डोजर कालागाउँको सडकबाट कम्तीमा ७० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

फरार चालकको खोजी भइरहेको बताइएको छ ।