राष्ट्रिय नागरिक पार्टीको गण्डकीमा रिजाल

साउन ५, २०७८ मंगलबार

नवलपुर । राष्ट्रिय नागरिक पार्टीले गण्डकी प्रदेश अध्यक्षमा नवलपुर गैंडाकोटका ठानिश्वर रिजाल पशुपतिलाई चयन गरेको छ । ६३ वर्षको लामो राजनीतिक इतिहास बोकेका रिजाल पूर्व नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य हुन् ।

देश विकासमा बैकल्पिक शक्तिको रूपमा द्रुत गतिमा अघि बढीरहेकोे राष्ट्रिय नागरिक पार्टीको सिद्धान्तले सार्है मन छोएको र वास्तविक रूपमा देश र जनताको हितमा यो पार्टीले काम गर्ने अभियानमा आफू पनि सहभागी बन्ने दृढ संकल्प साथ पार्टी प्रवेश गरेको बताए ।

राष्ट्रिय नागरिक पार्टीले उनको सामाजिक तथा राजनीतिक योगदानको उच्च सम्मान गर्दै केन्द्रिय सदस्य एवम् गण्डकी प्रदेश अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो ।

कार्यक्रममा माडी नगरपालिका ४ का तुमराज महतो, राम महतो, कालिका नगरपालिका ५ का सन्तकुमार चौधरी, २ का कृष्णबहादुर गुरुङ, ३ का निरबहादुर पाख्रीन र मीनबहादुर गुरुङहरु अन्य पार्टी परित्याग गरि राष्ट्रिय नागरिक पार्टीमा प्रवेश गरेका छन् । 

पार्टीका केन्द्रीय अध्यक्ष शुक्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत केन्द्रीय सहमहामन्त्री सागर कार्की र सञ्चालन सहसचिव आनन्द थापाले गरेका थिए ।