आज सार्वजनिक बिदा

साउन ६, २०७८ बुधबार

काठमाडौं । सरकारले साउन ६ गते बुधबार सार्वजनिक बिदा दिइने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रीपरिषद बैठकले बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

नेपाल मुश्लिम संघले बकर ईदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएर हालै ध्यानाकर्षण गरेका थिए ।