भारतले एक खेल अघि नै जित्यो एकदिवसीय क्रिकेट सिरिज

साउन ६, २०७८ बुधबार

पोखरा । भारतले दोस्रो एकदिवसीय क्रिकेटमा एक खेलअघि नै सिरिज जितेको छ । घरेलु टिम श्रीलंकालाई पराजित गर्दै भारतले सिरिज जितेको हो । 

मंगलबार राति कोलम्बोमा  भएको खेलमा भारतले श्रीलंकालाई तीन विकेटले हराएको हो । 

जितसँगै भारतले तीन खेलको एकदिवसीय सिरिज एक खेल अगाबै २-० ले जितेको हो । श्रीलंकाले दिएको २ सय ७६ रनको लक्ष्य भारतले ४९ ओभर एक बलमा सात विकेट गुमाएर पूरा गर्यो ।

भारतको जितमा दीपक चाहरले अवीजित रहँदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले । भूवनेश्वर कुमार १९ रनमा अविजित रहे । यस्तै सूर्यकुमार यादवले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा मनिस पाण्डेले ३७ रन बनाए ।

श्रीलंकाका वानिन्दु हसरंगाले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २७५ रन बनाएको थियो ।

श्रीलंकाका लागि चारिथ आश्लन्काले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । तेस्रो खेल शुक्रबार हुनेछ ।