कोरोना महामारी: पोखरामा दुई जनाको मृत्यु, गण्डकी ३६३ जना संक्रमित थपिए

साउन ६, २०७८ बुधबार

पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखरामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा ५ की ४५ वर्षकी महिला र पोखरा २९ का ६२ वर्षका पुरुष छन् ।

महिलाको मृत्यु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पुरुषको मृत्यु गण्डकी मेडिकल कलेजमा भएको हो । 

यस्तै कोरोना संक्रमणकै कारण नवलपुरमा पनि ७३ वर्षकी महिलाको चितवन मेडिकल कलेजमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय अन्तर्गत आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 

योसहित गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ४१ जना पुगेको छ ।   

गण्डकीमा पछिल्लो २४ घण्टामा २८१ जना निको भएको र आज ३६३ जना संक्रमित थपिएको संयोजक शर्माले बताए ।