गण्डकी प्रदेशमा चट्यांकसहित भारी वर्षा हुने

साउन ७, २०७८ बिहीबार

पोखरा । मनसुन सक्रिय भएसँगै देशभरको मौसम बदली भएको छ ।

अहिले गण्डकी प्रदेश, प्रदेश १, प्रदेश २, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकाध ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज गण्डकी प्रदेश, वाग्मती, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको  सम्भावना रहेको रहेको महाशाखाले जनाएको छ ।

योक्रम शुक्रबारसम्म नै कायम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । शनिबारदेखि मौसम खुल्ने महाशाखाको अनुमान छ ।

आज दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातिः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र वाग्मती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।