बैंकिङ कसुरमा फरार रहेका पोखराका खेमराज पौडेल पक्राउ

साउन १८, २०७८ सोमबार

पोखरा । बैंकिङ कसुर मुद्धामा फरार रहेका पोखरा-६ का खेमराज पौडेल पक्राउ परेका छन् । 

गत वैशाख १५ गते उच्च अदालत हेटौैंडाले पौडेललाई सात दिन कैद सजाय र १७ लाख ८४ हजार २५० रुपैयाँ जरीवाना तोकेको थियो । 

उनी त्यसबेलादेखि हालसम्म फरार थिए ।

पौडेललाई साउन १६ गते उनको पोखरा ६ स्थित घरबाटै पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । 

उनलाई कास्की जिल्ला अदालतमा पेश गरिएको डिएसपी हमालले बताए ।