पोखरामा युवतीलाई यौन कार्यमा लगाउने दुई जना पक्राउ

साउन १८, २०७८ सोमबार

पोखरा । पोखरामा युवतीहरुलाई यौन कार्यमा लगाउने दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा पोखरा अमरसिंह चोकस्थित एसके खाजाघर सञ्चालन गर्दै आएका ५३ वर्षीया सोनाम गुरुङ र पोखरा रिठ्ठेपानी बस्ने ३२ वर्षीय रोशन गुरुङ छन् ।

कास्की प्रहरीका अनुसार गुरुङद्धयले युवतीहरुलाई राम्रो काममा लगाइदिने प्रलोभन देखाई यौन कार्यमा लगाउँदै आएका थिए । 

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालका अनुसार उनीहरुले महिलाहरुलाई डर त्रास देखाएर यौन कार्यमा लगाएको आरोपमा पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसार पसार मुद्दामा अनुसन्धान भइरहेको छ ।