कोरोना संक्रमणदर नघटेपछि कास्कीमा थपियो लकडाउन

साउन १९, २०७८ मंगलबार

पोखरा । कास्कीमा लकडाउनको समयसीमा फेरि थपिएको छ । यसअघि साउन २० गतेसम्म गरिएको लकडाउनको समयसीमा एक साता थप गरि २७ गतेसम्म पुर्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । 

कास्कीमा कोरोना संक्रमणदर र मृत्युदर बढ्दै जान थालेपछि लकडाउनको समयसीमा बढाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । 

कास्कीमा कोरोना संक्रमणको अवस्था

कास्कीमा कोरोना संक्रमणदर निरन्तर बढ्दै गइरहेको छ । सोमबारको अन्तिम तथ्यांक अनुसार कास्कीमा सक्रिय संक्रमितको संख्या २३ सय ७० पुगेको छ । 

कास्कीमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको ४६८ पुगेको छ ।