मन्त्रीलाई भेटेर सहकारी संघले माग्यो खोप

साउन १९, २०७८ मंगलबार

पोखरा । जिल्ला सहकारी संघ कास्कीले कोरोना विरुद्धको खोपको माग गरेको छ । 

संस्थाका अध्यक्ष सावित्रा कोइराला नेतृत्वको एक टोलीले गण्डकी भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढासंग भेट गरी खोप माग गरेको हो । 

कास्कीमा सहकारीमा कार्यरत कर्मचारी र सञ्चालक समिति गरि करिब १० हजार खोप आवश्यक रहेको अध्यक्ष कोइरालाले बताइन् ।

जवाफमा मन्त्री बुढाले यस विषयमा बुझेर जानकारी दिने र खोप उपलव्ध गराउन प्रयत्न गर्ने प्रतिवद्धता जनाए ।