तनहूँमा साउन ३२ गतेसम्म लकडाउन

साउन १९, २०७८ मंगलबार

तनहूँ । तनहूँमा साउन ३२ गतेसम्म लकडाउन हुने भएको छ ।

तनहूँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा भएको बैठकले कोभिड संक्रमण बढ्दै गएकाले साउनको ३२ गतेसम्म लकडाउन लम्व्याउने निर्णय गरेको हो । 

थपिएको अवधिमा लकडाउनसम्बन्धी व्यवस्थामा कुनै परिवर्तन भने हुने छैन । तर बैठकमा सक्रिय संक्रमित पाँच सय हाराहारी पुगेकाले कडाई गर्ने निष्कर्ष निकालिएको थियो । 

तनहूँमा कोरोना संक्रमणको अवस्था नियन्त्रण बाहिर जान लागे पनि छिमेकका जिल्लामा बन्द नभएकाले पूरै रोक्न नसकिएको प्रशासनले जनाएको छ ।