वेश्या पुरुषको दर्दनाक कथा: म्यामहरुको...

साउन ३०, २०७८ शनिबार

-दिनमा आठ पटक सम्पर्क गरेपछि उनी मसँग भेट्न राजी भए तर मोवाइल, क्यामेरा, रेकडर र ब्याग केही नलाने शर्तमा । दरबारमार्गको एक क्लब अघि मलाई उभिन भनियो ।

म तोकिएको समयमा क्लब पुगेको थिए तर त्यहाँ कोही थिएन । भर्खर साँझ पर्न लागेकाले क्लबमा चहलपहल न्यून प्रायः थियो । सुमन हो ? अगाडिबाट आएको लिखुरे, झ्याप्ले केटाले मतर्फ औला तेर्साएर सोध्यो । हो, मैले भने, हिंड्नु भन्दै उ फर्कियो । मैले उसलाई पच्छ्याए । एक जोडी लाजै पचाएर बाहिरै “मुसार्ने” काम गर्दै थिए । म नदेखेझै गरेर केटाको पिछा गरिरहे । उसले मलाई सिडी उकाल्दै माथि एउटा कोठामा पुर्यायो र बस्दै गर्नु भनेर त्यहाँ बाट हरायो ।

तपाई जे काम गर्नुहुन्छ त्यसमा सन्तुष्ट हुनुहुन्छ ? सोफामा मस्त ढल्किएर बसेको झन्डै ६ फिट अग्लो, अनुहार नपरेको तर मिलेको शरीर भएको केटोलाई मैले पहिलो प्रश्न सोधे ? अक्मक्किदै उ सिधा भयो र ठाडो उत्तर दियो,  “सन्तुष्ट नहुँदा किन गरिराख्नुँ ? दोश्रो प्रश्न राख्नु अघि उसले रेडबुल र मैले कफी पिउने निदो गरि मेरो चाहानामा । दुई वर्ष अघि उ यहीँ हामी बसेको क्लबको बाउन्सर थियो ।

एकदिन एक महिलाले रातको १ बजे रक्सी धेर पिएर बमिट गरिछन् । पछि घर पुर्याईदिनु भन्न थालिन् । गाडीको लाइसेन्स भएको उ मात्र थियो त्यसैले पुर्याउने जिम्मा उसैको भयो । दरबारमार्गबाट सानेपा पुगुन्जेल ति महिलाले उनको शरीरको विभिन्न स्थानमा स्पर्श गर्दा उनलाई गाडी चलाउन गाह्रो भएको थियो रे । जसोतसो घर पुर्याए । अझ कोठासम्म उनैले समातेर लगे र बेडमा राखे ।

बेहोसी महिला उनको छेउमा बसेकी थिइन् हात उनको तिघ्रामा राखेर । उनले आफू क्लब फर्कन ट्याक्सी भाडा मागे । अब भने महिला उठिन र एकोहोरो हेरिन । उनी रिसाइन् सम्झेर मैले पर्स बोक्न बिर्सेछु, पाँच सय भए पुग्छु उनले नम्र भएर भने । महिलाले हास्दै दराजबाट आधा बिटो पैसा निकालेर उनलाई दिईन्, उनी छक्क परे । शुरुमा समाएनन् तर स्त्री र पैसाको अघि उनी झुके, पैसा गोजीमा राखेर हिंड्न लागे ।

तर ति महिलाले उनलाई च्याप्प समातिन् र खाटमा पल्टाइन् । चल्न थालिन, चलाउन थालिन । उनले सम्झाउन खोजे, फुत्किन खोजे तर उनको केही लागेन । अन्त्यमा उनी म्यामको तिर्खा मेट्न बाध्य भए । त्यो रात बिहानसम्म म्यामको रोजाइमा उनी उफ्रिरहे । उठेर बिदा माग्दा फेरी म्याम उनीसँग जिस्कन थालिन् । कपडा खोलेर उनको अघि उभिइन् ।

उनी फेरी झुके । क्लबबाट निस्केको करिब १८ घण्टासम्म म्यामले उनलाई आफ्नो कब्जामा राखिन् । आनन्द लिइरहिन् । तर उनको शरीर यता गलेको थियो । पैसाको लोभले मैले चुपचाप म्यामको चाहना पूरा गरे । त्यही दिनबाट सुरु भयो उनको यो व्यवसाय । त्यसपछि दैनिक उनी म्यामको सेवामा हाजिर हुन्छन् । राति १० बजेपछि बिहान ४ बजेसम्म उनले म्यामलाई समय दिएका छन् । म्यामको चाहनामा, रोजाईमा, म्यामले भने जसरी उनले प्यास मेट्टाइदिन्छन् । त्यो बापत मोटो रकम पनि लिन्छन् । कति जनालाई सेवा दिनुहुन्छ उनी मौन भएपछि म सोध्छु ? दिनै भेट्ने त म्यामलाई मात्र हो तर अरु पनि ८/१० जना हुनुहुन्छ, उनी भन्छन् ।

अरुलाई कसरी भेट्नु भयो ? तपाईलाई मिडियाका मान्छे भेट्न गाह्रो हुन्न नि हैन । जब यसैलाई पेशा बनाए तब आफै नेटवर्क बन्यो उनी डिप्लोम्याटिक उत्तर दिन्छन् । यहीँ पेशामा जीवन बिताउने मन हो ? कस्तो प्रश्न सोधेको उनी झर्किन्छन् । म तत्कालै प्रश्नलाई सहज बनाउँछु । अरु केही व्यबसाय पनि गर्ने मन छ कि ? यो वर्ष गाडी किन्दैछु अर्को वर्ष घर बनाउँछु अनि केही व्यबसाय थालेर सायद छोड्छु । मलाई यो पेशामा आएकोमा कुनै पछुतो छैन ।

तर लामो समय यो पेसामा रहन गाह्रो छ, उनी भन्छन् । किन गाह्रो म सोध्छु । कपको कफी सेलाउन लागेकाले त्यता पनि ध्यान दिन्छु । म्यामहरुको तिर्खा मेट्न निकै तागत चाहिन्छ ।  “हतियार” गतिलो भएर शरीर फिट हुनेहरु मात्र यो कर्ममा जम्न सक्ने उनी बताउँछन् । म्यामहरु लामो समय यौनको मज्जा लिने धुनमा जुस वा रक्सीमा के के मिसाएर खुवाउनु हुन्छ । जसले स्वास्थ्यमा असर गर्दोरहेछ त्यो म अहिले बुझ्दैछु सुनाउँदा भने उनी अनुहार बिगार्छन् । भनेपछि कहिले काहीँ हीनताबोध पनि हुन्छ ? प्रत्येक पटकको उफ्राईमा शरीर भरी चिथोर्छन्, दाग शरीरमा भन्दा बढी आत्मामा बस्छ ! कहिले काहीँ त अहिले नै छोडौ जस्तो लाग्छ तर गाह्रो छ छोड्न । कसरी म जिज्ञासु हुन्छु ? म्यामहरुले छोड्नु पर्यो नि उनी मुसुक्क मुस्कुराउँदै उत्तर दिन्छन् । कसरी कसरी आउँछन् यो पेशामा केटाहरु ? रहर र कर दुवैले । कोही पैसा पाइने, मोजमस्ती पनि हुने धुनमा आउँछन् । कोही अरु केही गर्न नसकेर, काम नपाएर आउँछन्, कोही छिटो पैसा कमाउने धुनमा आउँछन् । सबै कुराबाट हार खाएर मन नहुँदा नहुँदै आउने पनि धेरै छन् । 

तपाईको दैनिकी कसरी बित्छ ? 

५ बजे उठ्छु, नियमित ब्रेकफास्ट खान्छु, जिम गर्छु अघिल्लो दिन नै थाहा हुन्छ आज कत्ति जना म्यामहरुलाई समय दिएको छु । त्यसै अनुसार बाहिर निस्कन्छु । कहिलेकाहीँ पाँच जनासम्म म्यामहरुलाई सन्तुष्ट पार्नु पर्दा बेलुका मेरो शरीर र मन दुवै ठेगानमा हुँदैन । अनि नशाको सहारामा निदाउँछु । ग्राहक को को हुन् तपाईहरुको  ? यो त भन्ने कुरा भएन तर जसका बुढा घरमा छैनन्, भए पनि सन्तुष्ट बनाउन सक्दैनन्, डिभोर्स भएको छ अनि उनीहरुसँग प्रसस्त पैसा पनि छ भने उनीहरुले केटाहरुलाई वेश्या बनाउँछन् । 

यत्ति भनेर उनी मोवाईल निकाल्छन् फोन आएछ । म आईहाले सरी म्याम भन्दै उनी उठ्छन । एकछिन बस्न मिल्दैन म भन्छु । भयो अहिले टाईम छैन भन्दै निस्किन खोज्छन् । म पनि उठ्छु अलि पर्तिर पुगेर तिमीले लुकेर रेकड त गरेनौ ? उनी धम्कीको स्वरमा सोध्छन् । चाहेको भए सक्थे तर गरिन भन्दै म पनि सिडी ओर्लिन्छु । के के लेख्छौं इन्टरनेटमा राख्नु अघि मलाई देखाउ निर्देशनको शैलीमा उनी बोल्छन् । लेखिसकेर भेटौं न त म भन्छु । फोन गर्नु भनेर उनी बुलेट बाईकमा हुइँकिन्छन् । कालो फिटिङ टि सर्ट र सेतो पाइन्टमा रहेका उनको छाती माथि उठेको थियो, कसिलो ज्यान भएका उनी ठ्याक्कै भन्दा फिल्मको नायक जस्तो नभएर गुण्डा जस्तो देखिन्थे । उनीसँग मात्र कुरा गरेर स्टोरी प्रकाशित् गर्नु एउटा कोणबाट मात्र हेरेको ठहरिन्थ्यो ।

त्यसैले मैले अरु अनुसन्धान पनि गर्ने निदो गरे । उनीसँग बाँकी कुरा अर्को भेटमा गर्छु सोचे । पछिल्लो तथ्यांक अनुसार नेपालमा करिब २५ हजार पुरुष यौनकर्मी वा  “जिगोलो” छन् । जो काठमाडौं, पोखरा, धरान, विराटनगर लगायतका ठाउँमा सक्रिय छन् । धेरैजसो भने काठमाडौंमै बस्छन् । ३५ देखि ४० वर्ष समूहका महिलाहरुले धेरै पुरुष यौनकर्मीको प्रयोग गरेको पाइन्छ । धनाढ्य परिवारका महिलाहरुले श्रीमानबाट यौन सुख प्राप्त नहुँदा वेश्या पुरुषको प्रयोग गरेका छन् । 

विशेष गरी लाहुरेका श्रीमती, धनाढ्य वर्गका महिला, वैदेशिक रोजगारमा गएका पुरुषका श्रीमती, श्रीमानले छाडेका महिला पुरुष यौन व्यवसायीका दरिला ग्राहक हुन् ।

महिला यौन व्यवसायीको जस्तो वेश्या पुरुषको फिक्स रेट हुन्न प्राप्त जानकारी अनुसार दश हजार रुपैया लिन्छन् एक पटक सुख दिए बापत । अझ उस्तै महिला परे ठूला ठूला उपहार पनि दिन्छन् । सानातिना उपहार त दैनिक ल्याइदिनुहुन्छ म्यामहरुले मसँग कुरा गर्ने पुरुषले बताएका थिए । यसरी मोज गरेर श्रीमतीले पैसा वेश्या पुरुषमा खर्च गर्दा विदेशबाट फर्किएका श्रीमानले सम्पति र श्रीमती दुवै गुमाउने गरेका छन् । 

कतिपय अवस्थामा महिला यौनकर्मीको प्रयोग गरि महिलाहरुले पुरुष खोज्ने गरेका छन् । प्रायः पुरुष यौनकर्मीहरु ग्राहक खोज्दै सडक सडक हिड्दैनन् । डिस्को, रेस्टुरेन्टहरुमा गएर म्यामहरुलाई आनन्दित बनाउछन् । कत्तिले त यहीँ व्यवसायलाई मध्यनजर गरेर अपार्टमेन्ट नै लिएर बसेका छन् ।

विशेष गरी महिलाहरु मनोरञ्जन क्षेत्रमा सक्रिय युवाहरुलाई आफ्नो सेक्स पार्टनर बनाउन बढी रुचि देखाउँछन् । पछिल्लो समय पुरुष यौनकर्मीहरुले सामाजिक सञ्जालबाट एकल महिला, वैदेशिक रोजगारमा गएका पुरुषका श्रीमतीहरुलाई मायाजाल बिछ्याएर यौन चाहाना पूरा गर्दिने बहानामा धन सम्पत्ति लुट्ने गरेका घट्नाहरु पनि बाहिर आउन थालेका छन् । 

पुरुष यौनकर्मी बढ्नुमा बेरोजगारी मुख्य रहेको रक्षा नेपालकी अध्यक्ष मेनुका थापा बताउछिन् । जागिर नभेटेर हार खाएपछि यो व्यबसायमा आउनेहरु धेरै छन् । विदेश जान पैसा डुबाउनेहरु, घरको पुर्खेउली ऋण भएकाहरु यो पेशामा जबर्जस्ती लागेका छन् । चाँडो पैसा जम्मा हुने र लाईफ स्टाईल पनि फेरिने सोचेर यो पेशामा फसेकाहरु धेरै पाइएको छ । पुरुष यौनकर्मीको कमाई महिनामा झन्डै ५० हजार हुन्छ । यो सबै तयार गरेपछि मैले उनलाई पुन भेट्न मन गरे उनले यो पटक भाउ नखाई हुन्छ भने ।

मैले सुरुमै यो पढेरै आउनु होला भनेर मेल गर्दिए । दोश्रो पटक भेट्न जाँदा उनले “एटिटयूड” देखाएनन् । म पुग्दा जुरुक्क उठेर हात मिलाए । मलाई त कथा पढे जस्तो लाग्यो उनी खुसी भएर सुनाउँछन्, म हास्छु मात्र । तिमीलाई मैले हप्काए पनि है उनी भन्छन्, म अझै केही बोल्दिन बिहे कहिले गर्नु हुन्छ नि ? म सोध्छु । गर्लफ्रेन्ड छिन्, अब चाँडै । उनलाई थाहा छ यो कुरा ? कहाँ थाहा हुनु ? केटीहरु आफ्नो ब्याईफ्रेन्ड अरु केटीसँग गफ गरेको त मन पराउँदैनन्, अझ यस्तो कुरा ।

यो व्यबसायमा लाग्नेहरु विवाहित बढी छन् कि अविवाहित ? अविवाहित, तर म्यामहरु चाहीँ सबै विवाहित हुनुहुन्छ । तपाईलाई मैले वेश्या पुरुष भन्दा कस्तो फिल गर्नुहुन्छ ? म आखिरी प्रश्न राख्छु । उनी एकछिन रोकिन्छन्, बोल्छन कि सोचेको केही उत्तर दिंदैनन् । हीनताबोध देखिन्छ अनुहारमा । मौनताले स्वीकृति जनाउँछ सायद त्यस्तै होला सम्झेर म विदा हुन खोज्छु । हस् राजन जी म जान्छु समय दिनुभयो, आफ्नो कुरा सुनाउनु भयो धेरै धेरै धन्यवाद । मलाई पनि खुसी लाग्यो कसैलाई नसुनाएको कुरा शेयर गर्न पाए ।

साभार: समय पोष्ट