हरितालिका तीज : यस्ता छन् फाइदा र व्रत गर्ने विधि

भदौ २३, २०७८ बुधबार

पोखरा । हरितालिका तीज नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । तीजमा भगवान शिवको आराधना मुख्यरुपमा गरिन्छ । चैत्रादि गणना अन्तर्गत भाद्रपद छठौं मास हो । यस महिनाको पूर्णिमाको आसपास पूर्वाभाद्रपदा नक्षत्र आउँदछ । त्यसैले यस महिनालाई ‘भाद्रपद’ भनेर पनि चिनिन्छ । यस महिनाको अर्को नाम हो ‘नभस्य’ ।

भाद्रपद महिनामा श्रीविष्णुको कृपाको लागि मह र घी प्रयोग गरि बनाएको खीरको साथ गुडभात एवं नुनको दान दिने विधान वामनपुराणमा उल्लेख छ ।

यस महिनामा एकभुक्त रहनाले अर्थात केवल एक पटक मात्र भोजन गर्नाले ऐश्वर्य प्राप्ति हुन्छ । यस महिना हरितालिका, गणेशचतुर्थी, ऋषिपञ्चमी, ज्येष्ठा गौरी एवं अनन्त चतुर्दशी जस्ता विशेष व्रतहरू छन् । यी मध्ये श्रीगणेश चतुर्थी, व्रतको साथसाथै त्यौहार तथा उत्सवको रूपमा पनि मनाइन्छ ।

हरितालिका

यो व्रत (उपवास) भाद्रपद शुक्लपक्ष तृतीयामा मनाइन्छ । माता पार्वती यस व्रतको प्रमुख देवता हुन् । यस व्रतमा उमा–महेश्वरको मूर्तिको स्थापना गरि यथाविधि उनको पू्जा गरिन्छ । कतिपय स्थानमा देवता पूजनको साथ हवन पनि देवताको पूजासँगै गरिन्छ, जसमा तिल एवं घ्यू इत्यादि चढाइन्छ । यस दिन ‘हरिकाली’, ‘हस्तगौरी’ एवं ‘कोटेश्वरी’ इत्यादि माता पार्वतीका रूपहरूका व्रत पनि गरिन्छ । विशेष गरी स्त्रीहरू नै यो व्रत गर्छन् ।

हरितालिका व्रतका उद्देश्य एवं लाभ

माता पार्वतीले शिवजीलाई वरको (दुलहाको) रूपमा प्राप्त गर्नको लागि यो व्रत गर्नुभएको थियो । त्यसकारण विवाहयोग्य कन्याहरू अनुरुप वर (दुलहा) प्राप्तिको लागि यो व्रत गर्छन्, त्यसैले सुहाग अखण्ड बनाई राख्नको लागि सुहागन स्त्रीहरू पनि यो व्रत गर्दछन् ।

हरितालिका व्रत गर्नाले हुने फाईदाहरू

१. व्रतको दिन उपवासको कारण देह (शरीर) पवित्र हुन्छ ।

२. ब्रह्माण्डमा विद्यमान शिवतत्व, व्रतकर्तीतर्फ आकर्षित हुन्छ ।

३. उनको शीघ्र आध्यात्मिक उन्नति हुनमा सहायता हुन्छ ।

४. कठोर व्रतपालन गर्नाले मृत्युपछि व्रतकर्तीलाई शिवलोकमा स्थान प्राप्त हुन्छ ।

यस प्रकार यो व्रत यस जन्ममा सांसारिक विघ्न हटाउन एवं मृत्युपछि लाभ प्रदान गर्दछ ।

देवतापूजनको पूर्वायोजन एवं प्रत्यक्ष पूजन

प्रातःकाल मंगलस्नान गरि पार्वती एवं उनको मित्रको मूर्ति ल्याएर शिवलिंगसहित पूजा गरिन्छ । भक्तहरू रातभर जागरण रहन्छन् अनि भोलिपल्ट उत्तरपूजा (समापन पूजा) गरिसकेपछि लिंग तथा मूर्ति विसर्जन गर्दछन् ।

सनातन हिन्दू धर्ममा प्रत्येक मासको विशेष महत्व छ । साथै प्रत्येक मासमा वातावरणमा हुने परिवर्तनको परिणाम सृष्टिमा पनि हुन्छ । यसको विचार गरि शास्त्रमा प्रत्येक मासमा केहि विशेष धार्मिक कृत्य गर्नुको विधान बताएको छ ।

यसमा केहि त्यौहार, केहि उत्सव, केहि व्रत पनि अन्तर्भूत छन् । तिनीहरूका अध्यात्मशास्त्रीय महत्व एवं आधार बुझ्नाले श्रद्धा बढ्नमा मद्दत हुन्छ । प्रत्येक व्रतसँग सम्बन्धित विशेष धार्मिक विधि, उपवास, संकल्प इत्यादि आचार हुन्छ ।

देवतापूजनको स्थान सफा गरि रंगोली इत्यादिले सुशोभित गर्नुपर्छ । चौकीको दुबैतर्फ दीपस्तम्भ राखौं । पूजाको थालीमा सजाएको सामग्री पूजास्थानको नजिक राख्नुहोस् । हरितालिका पूजनको आरम्भमा सर्वप्रथम स्त्री आचमन, प्राणायाम गरिसकेपछि देशकाल कथन गर्दछ । त्यस पश्चात स्त्रीहरू संकल्प गर्दछन् ।

सो दिन स्त्रीहरू नदीको बगरमा गएर अथवा उपलब्धता अनुसार बगिरहेको एवं शुद्ध पानीको बालुवा घर लिएर आउनुपर्छ । घरमा सजाएको देवतापूजनको स्थानमा त्यो बालुवाबाट शिवपिण्डी बनाउँनुपर्छ ।

आजकल नगरहरूमा एवं ठूलो शहरहरूमा माता पार्वती एवं उनकी मित्रको, शिवलिंगको साथ मूर्तिहरू पनि उपलब्ध छन् । त्यो राख्न सकिन्छ । माता पार्वती एवं मित्रको मूर्तिलाई घरमा स्थापित गरि, उनको पूजा गरिन्छ । हरितालिका पूजनमा बिल्वपत्र, अपामार्ग अर्थात चिचडा, पारिजात, करवीर अर्थात कनेर, अशोक इत्यादि सोलह प्रकारका पत्रहरू शिवपिण्डीमा चढाउनुपर्छ । साथै स्त्री श्वेत पुष्प पनि समर्पित गर्दछन् । गुड, नरिवल, दूध एवं उपलब्धता अनुसार फल नैवेद्यस्वरूप निवेदित गर्दछन् ।

त्यसपछि देवी हरितालिकाको आरती गरिन्छ । पूजापछि स्त्रीहरू भावपूर्ण प्रार्थना गर्दछन् । यो दिन पूजाको समय प्रज्वलित गरिको दीप विसर्जनको समयसम्म प्रज्वलित राखिन्छ, त्यसलाई निभ्न दिंदैन । यसले पूजकको भाव अनुसार उनलाई शिव तत्व एवं तेज तत्वको लाभ हुन्छ ।

साँझको समयमा पनि स्त्री देवीको आरती गर्दछ तथा रात्रिको समय जागा रहि हरितालिकाको कथाको श्रवण गर्दछन् । हरितालिकाको दिन पूजा गर्नुको साथै स्त्री दिनभर उपवास राख्छन् । उपवास गर्नुको अर्थ हो, अन्न ग्रहण नगरि नामस्मरण गर्दै देवताको सतत संधान साधना । स्त्रीहरू जीवनमा आउने विघ्न हटाईदिनका लागि शिवजीलाई प्रार्थना गर्दछ । भावपूर्ण प्रार्थनाको कारण स्त्रीतर्फ शिव-शक्तिको प्रवाह आकृष्ट हुन्छ तथा उनको भावानुसार उनलाई लाभ मिल्दछ ।

व्रत गर्ने विधि

स्त्री देवीको आरती गर्दछ । देवीलाई दही एवं भातको नैवेद्य निवेदित गर्दछ । त्यसपछि शिवपिण्डी एवं सखी पार्वतीका मूर्तिहरू जलस्रोत नजिक लगिन्छ । तिनीहरूलाई बगिरहेको पानीमा विसर्जित गरिन्छ । केहि स्थानहरूमा हरितालिकाको दोस्रो दिन स्त्रीहरू यथाशक्ति १, ८ अथवा सोलह दम्पतिलाई खाना खुलाउछन् तथा उनीहरूलाई सौभाग्यद्रव्यले भरिएको सुहागपिटाराको दान दिन्छन् । त्यसपछि स्वयं भोजन गरि व्रतको समापन गर्दछ ।