तामाङ सेलो ‘कचिला सुन’ गीतको म्यूजिक भिडियो सार्वजनिक

असोज ९, २०७८ शनिबार

काठमाडौं । जीवन कुमार सुनुवारको शब्द संगीत तथा सुनिल दोङ लामा र जितु लोप्चनको स्वरमा रहेको तामाङ सेलो ‘कचिला सुन’ गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ ।

जनजीवनको प्रस्तुती तथा भूमिका थामीको उत्पादन रहेको उक्त म्यूजिक भिडियोको हात्तीसारस्थित टेम्पल ट्री रेष्टुरेन्ट एण्ड लञ्च बारमा एक कार्यक्रमको आयोजना गरी प्रिमियर गरिएको हो ।
भीमफेदी गाइजको युट्युव च्यानलबाट सार्वजानिक गरिएको उक्त म्यूजिक भिडियो प्रिमियर गरिएको हो ।

गाउँघरमा बोलिने टिपिकल शब्दले भरिएको निकै सुमुधुर संगीत र शब्द संयोजनले गीतबाट दर्शक तथा स्रोताबाट माया पाउनेमा आफू निकै आशावादी रहेको गीतका सर्जक जीवन सुनुवारले बताए ।

प्रिमियर कार्यक्रममा म्युजिक भिडियोमा अभिनय गर्ने कलाकार तथा गायक गायिका लगायतका विभिन्न व्यक्तिहरुलाई मायाको चिनो तथा सम्मानपत्र पनि प्रदान गरिएको थियो ।

क्रियटिभ मोसन पिक्चर्सको पोष्टप्रोडकशन रहेको म्युजिक भिडियो मकवानपुरको भिमफेदी तथा मार्खु आसपासमा छायांकन गरिएको उक्त म्यूजिक भिडियोको निर्देशन निर्मल कुमार लामाले गरेका छन् भने पवन सुस्लिङ्गले छायांकन र सम्पादन गरेका हुन् ।

हलेसी डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतको एरेन्ज तथा मिक्सिङ आरबी लामा स्याङदानले गरेका छन् भने गीतको रेकर्ड उत्सब लामाले गरेका हुन । भिमफेदी गाइजका कलाकारकाहरुसँग निरन्जली लामा, पुर्णिमा लामा थोकर, मन्जु तामाङ र सब्बु तामाङले अभिनय गरेका छन् ।

हेर्नुहोस भिडियो