मोटरसाइकललाई टिपरले ठक्कर दिंदा सुमन रेग्मीको मृत्यु

असोज ९, २०७८ शनिबार

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-३ अरनिको राजमार्गअन्तर्गत होटल अरनिको अगाडि टिपर र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार शुक्रबार राति बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको प्रदेश३-०२००७प ४०८८ नंको मोटरसाइकल धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा४ख ६२२० नंको टिपरसँग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक पाँचखाल नगरपालिका-११ का ३३ वर्षीय सुमन रेग्मी गम्भीर घाइते भई धुलिखेल अस्पतालमा उपचारका क्रममा आज मुत्यु भएको प्रहरी नायव उपरीक्षक खतिवडाले बताए । 

मृतक रेग्मीको शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । प्रहरीले गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको छ ।