नेपाल सुन चाँदी रत्न तथा आभूषण व्यवसायी संघमा रामबहादुर विक निर्वाचित

असोज ९, २०७८ आइतबार

पोखरा । नेपाल सुन चाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीको अध्यक्षमा रामबहादुर विक निर्वाचित भएका छन् । 

संस्थाको शनिबार सम्पन्न चौथो अधिवेशनबाट विक अध्यक्षमा निर्वाचित भएका हुन् । 

संघको प्रथम उपाध्यक्षमा भरत विक, द्वितीय उपाध्यक्षमा मनबहादुर विक, सचिवमा ईश्वरबहादुर विक, सहसचिवमा दीपेश सुनार, कोषाध्यक्षमा सुरेन्द्र विक र सहकोषाध्यक्षमा नवराज सुनार छन् ।

संस्थाको कार्यसमिति सदस्यमा रमेश विक, नरेश विक, अर्जुन कुमार सुनार र समिर बराल सुनार छन् ।