कांग्रेस पोखरा महानगरको मतगणना अपडेटः सुरेन्द्रमान विजुक्छे ५० मतले अगाडि, कसले कति मत पाए ?

असोज ९, २०७८ आइतबार

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिकाको मत गणना जारी छ । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिबार भएको पोखरा महानगरको मतदान भएको थियो । 

आइतबार बिहान ५ बजेसम्ममा ९४४ मत गनिसकिएको छ । जस अनुसार सभापति पदमा सुरेन्द्रमान विजुक्छे अग्रस्थान कायमै गरेका छन् । उनलाई गंगाधर पराजुलीले पच्छ्याइरहेका छन् । 

४०० मत गन्न बाँकी रहँदा विजुक्छे पराजुली भन्दा ५० मतले अगाडि रहेका छन् । विजुक्छेले २९४ मत पाउँदा पराजुलीले २४५ मत प्राप्त गरेका छन् । 

यस्तै, सभापति पदका उम्मेदवारहरु रामराज लामिछानेले १४३, मिलन तिवारीले १०४, मोहन बाँस्तोलाले ९४ र ज्योति हमालले सात मत प्राप्त गरेका छन् । 

यसैगरी पार्टीको उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल, सचिवमा टुवराज बाँस्तोला र गणेशबहादुर थापा र सहसचिवमा संघर्ष कोइराला र सञ्जय आले अगाडि छन् ।