नेपाल र ओमानको मैत्रीपूर्ण फुटबल आज, कस्ले जित्ला ?

असोज १०, २०७८ आइतबार

काठमाडौँ ।  नेपाल र ओमानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुदैछ ।

ओमानविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोली कतारमा छ । खेल दोहास्थित कतार युनिभर्सिटीको मैदानमा राति ९स्४५ बजे शुरू हुनेछ ।

साफ च्याम्पियनसिपको तयारीस्वरुप नेपालले ओमानसँग खेल्न लागेको हो ।  साफकै तयारीस्वरूप नेपालले भारतसँग पनि दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदैछ ।