अनेमसंघ माछापुच्छ्रे गाउँपालिका संयोजकमा दवाडी

असोज १०, २०७८ आइतबार

पोखरा । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ माछापुच्छ्रे गाउँपालिका कास्कीको संयोजकमा कृष्णकुमारी पौडेल दवाडी चयन भएकी छन् । 

कमिटीको प्रथम सम्मेलनबाट उनी संयोजकमा चयन भएकी हुन् । कमिटीको सहसंयोजकमा हिरादेवी सुनार, सचिवमा शान्ति भुजेल चयन भएका छन् । 

कार्यक्रममा नेकपा एमाले जिल्ला कार्यसमिति सदस्य तथा अखिल नेपाल महिला संघकी जिल्ला इन्चार्ज मञ्जुदेवी गुरुङले अग्रज महिला अधिकारकर्मीहरुको लामो लडाइँ, संघर्ष, त्याग र बलिदानबाट प्राप्त महिला अधिकारलाई संस्थागत गर्नुपर्नेमा जोड दिइन् ।

सबै महिलाहरु ऋाआफ्नो ठाउँबाट सशक्तरुपमा लाग्न र महिलाहरुका आर्थिक सामाजिक रुपमा सशक्तीकरण गर्दै हरेक तहमा सहभागिता रहनुपर्ने बताइन् ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका सचिवालय सदस्य जगनाथ बाँस्तोला, नेकपा एमाले जिल्ला कमिटी सदस्य उमा कोइराला, अनेमसंघ जिल्ला कमिटी संयोजक सुशीला पराजुली, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्ण गुरुङ, अखिल नेपाल महिला संघ केन्द्रीय कमिटी सदस्य कृष्णकुमारी श्रेष्ठ, नेकपा एमाले जिल्ला कमिटी सदस्य बिष्णु केसी, बुद्धिबहादुर मिजार लगायतले बोलेका थिए । 

तदर्थ समिति संयोजक कृष्णकुमारी पौडेल दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य हिरा सुनारले स्वागत र सञ्चालन सदस्य भगवती गुरुङले गरेकी थिइन् ।