पोखराका आधा भूभागमा सोमबार बत्ति नआउने, कारण के हो ?

असोज १०, २०७८ आइतबार

पोखरा । पोखराका केही भूभागमा सोमबार विद्युत सेवा अवरुद्ध हुने भएको छ । 

रुखका हाँगा तथा बाँस काट्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने विद्युत प्राधिकरणले जनाएको छ ।

सोमबार बिहान १०ः३० देखि दिउसो ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।

तातोपानी फिडर अन्तर्गत पर्ने क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध हुने पोखरा वितरण केन्द्रले जनाएको छ । 

तातोपानी फिडर अन्तर्गत लामाचौर, बाटुलेचौर, अर्मला, घार्मी, पुरनचौर, लाहाचोक, घाचोक, दीप, भुर्जुगखोला लगायतका क्षेत्र पर्दछन् । 

सोमबार मौसम अनुकुल नरहेमा सेवा प्रवाहमा केही फेरबदल हुन सक्ने पनि जानकारी दिइएको छ ।