लेकसाईडमा एक दिने सडक महोत्सव (फोटो फिचरसहित)

असोज ११, २०७८ सोमबार

पोखरा । विश्व पर्यटन दिवसको अवसर पारेर रेष्टुरेन्ट एण्ड बार एसोसिएशन (रेवान) पोखराले आज असोज ११ गते पोखराको लेकसाईडमा एक दिने सडक महोत्सव आयोजना गरेको हो । 
पोखरा खुलै छ र यहाँका व्यवसायीहरु पाहुनालाई सेवा दिन तयार छन् भन्ने सन्देश दिन महोत्सव आयोजना गरिएको रेवानका अध्यक्ष लक्ष्मण बरालले जानकारी गराए । 

अध्यक्ष बरालका अनुसार पोखराको लेकसाइडस्थित बाराहीचोकदेखि खहरेचोकसम्म करिब डेढ किमिको दूरीमा महोत्सव सञ्चालन भएको थियो । 

महोत्सवमा विभिन्न सांगीतिक कार्यक्रमका साथै स्वदेशी तथा विदेशी खानाका परिकार प्रस्तुत प्रस्तुत गरिएको भए पनि बर्षाका कारण बेलुकी सोचे जस्तो हुन सकेन ।

तस्बिर: पुकार पुर्जा पुन