क्षत्री दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम

असोज २२, २०७८ शुक्रबार

पोखरा । क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति, कास्की पोखराले बडा दशै २०७८ को सुरुवात अर्थात घटस्थापना तथा क्षत्री दिवसको अवसर पारेर दशैको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।  शुभकामना आदान प्रदान कार्यक्रमको प्रमुख अतिथिको रुपमा क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष डा. दिल बहादुर क्षत्री रहेका थिए भने सभाको अध्यक्षता जिल्लाका बरिष्ठ उपाध्यक्ष दिल बहादुर अधिकारीले गरेका थिए ।

कार्यक्रमको शुभकामना मन्तब्य दिनेहरुमा क्षत्री समाज नेपालका केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर थापा, गन्डकी प्रदेश प्रमुख बेणि बहादुर बस्नेत, जिल्लाका उपाध्यक्ष इन्द्रबहादुर थापा लगायतले समाजले गरेका हरेक सामाजिक कार्यहरुमा एक जुत भएर लाग्नु पर्ने र आफ्ना हक अधिकार र कतब्र्यको पालना गर्नुपर्ने कुराहरुमा जोड दिएका थिए । बिभिन्न पर्वहरुको आफ्नै बिशेषता अनुसार सबैले जगेर्ना गर्दै समाजमा एकता हुनु सबैलाई आग्रह समेत गरेका थिए ।

क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति, कास्कीका सचीव भरत थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा क्षत्री समाजका बिशिष्ट ब्यक्तिहरुको उपस्तिथिमा समाजको प्रधान कार्यालय पोखराको नयाँबजारमा दुर्गा मन्दिर स्थापनार्थ शिलान्यास कार्यक्रम समेत सम्पन्न भएको जिल्ला प्रवक्त्ता राजेन्द्र खत्रीले जानकारी दिए । 

फोटो सौजन्य : कुबिर जङ्ग जि.सी.