विजयादशमीः टीकाको साइत १०ः०२ मा, टीका लगाउने मानिस पूर्व फर्किने

असोज २८, २०७८ बिहीबार

पोखरा । विजयादशमीको टीकाको उत्तम साइत असोज २९ गते शुक्रबार बिहान १० बजेर २ मिनेटमा परेको छ । 

त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गाभवानीको प्रसाद लगाउन सकिन्छ ।

विजयादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापनाका दिनदेखि पूजा आराधना गरिएकी देवीलाई विसर्जन गरिने साइत छ ।

टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने हुन्छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

विजयादशमीका दिन बिहान ७ः०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । 

तुलजा भवानीलाई बिहान ८ः३२ बजे स्थिरासन गराइने साइत छ । खड्गयात्रा पनि यसै दिन गरिने छ ।

आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।