काठमाडौं जाँदै गरेको बसमा एक्कासी आगो लागेपछि...

कात्तिक ७, २०७८ आइतबार

धादिङ । धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ ।

सुर्खेतबाट काठमाडौँ तर्फ आउँदै गरेको ना६ख १४७१ नम्बरको यात्रु बसमा आज (आइतबार) बिहान २ बजे पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका १ गजुरी बजारमा एक्कासी आगलागी भएको धादिङ प्रहरीले जनाएको छ ।

बसमा पूर्णरुपमा क्षति पुगेको र ३६ जना यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

बसमा आगो लाग्नुको कारण थाहा नभए पनि वायरिङमा सट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

इन्जिनबाट धुवाँ निस्किने बित्तिकै बस रोकेर यात्रुहरु बाहिर निकालेका कारण कुनै पनि मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ ।