ट्रकको ठक्करबाट २७ वर्षीय निश्चल खनालको मृत्यु

कात्तिक ७, २०७८ आइतबार

फाइल तस्वीर

झापा । पूर्व-पश्चिम राजमार्गको कनकाई नगरपालिका-९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र १-०१-००१ख ३५२० नंको ट्रक र विपरीत दिशातर्फ गइरहेको मे ५ प ८४७२ नंको मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-३ का २७ वर्षीय निश्चल खनाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक खनाल गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्‍याइए पनि उनको उपचारकै क्रममा निधन भएको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।