नेपाल आइपुग्यो एक लाख फाइजर खोप, कहिले पाउँछन् जनताले ?

कात्तिक ८, २०७८ सोमबार

पोखरा । अमेरिकाले नेपाललाई पठाएको एक लाख ६२० डोज फाइजर खोप नेपाल आइपुगेको छ ।

सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फाइजरको खोप आइपुगेको हो । 

अमेरिकाबाट आउने खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर-किशोरीलाई लगाइने स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

तिहार र छठ पर्व सकिएपछि खोप कार्यक्रम सुरु हुने जनाइएको छ । 

यसअघि गत जुलाईमा १५ लाख ३० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप पठाएको थियो ।