पोखराको एस सुवेदी किराना पसलमा आगलागी, ४० लाख रुपैयाँ बराबरको क्षति

कात्तिक २३, २०७८ मंगलबार

पोखरा । पोखराको लेखनाथमा एक किराना पसलमा आगलागी भएको छ । 

लेखनाथको शिशुवा नजिकै रहेको एस सुवेदी किराना पसलमा आगलागी भएको हो । 

सोमबार राति भएको आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । 

सोमबार राति लेखनाथ स्थित एक पसलमा आगलागी हुँदा अन्दाजी ४० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

आगलागी कारण खुल्न नसकेको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।