यु-१९ छनोट क्रिकेटः स्याङ्जाको दोश्रो जित

मंसिर २, २०७८ बिहीबार

पोखरा । पोखरा रंगशालामा जारी वाई वाई यु-१९ क्षेत्रीय छनोट क्रिकेट प्रतियोगितामा स्याङ्जाले दोश्रो जित निकालेको छ । 

बिहीबार भएको खेलमा स्याङ्ग्जाले नवलपुरमाथि ८ विकेटको जित निकालेको हो ।

खेलमा टस जितेर व्याटिङ्ग गरेको नवलपुरले २२ ओभर १ बलमा आफ्नों सम्पूर्ण विकेट गुमाएर मात्रै ५० रन बनाएको थियो । 

जितका लागि ५१ रन पछ्याएको स्याँग्जाले ७.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पार गरेको हो । 

स्याङ्जाको जितमा नायक सावित भएका सन्देश सुनारले ८ ओभर बलिङ्ग गर्दै १२ खर्चिएर महत्वपूर्ण ४ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच भएका थिए । 

यस्तै, विपिनराज न्यौपानेले ३, विष्णु पाण्डेले २ तथा सन्दिप खत्रीले १ विकेट लिए ।

नवलपुरको व्याटिङ्गमा गोविन्द विकले २३ रन बनाए भने अन्य व्याट्स्म्याले दोहोरो आँकडाको योगफल पनि तयार पार्न सकेनन् । 

५१ रनको सामान्य लक्ष्य पच्छ्याउने क्रममा स्याङजाका ब्याट्स्म्यान सुजन गौतमले २०, सन्दिप खत्रीले १४ तथा करण पंगेनीले ११ रन जोडे ।

नवलपुरका बलर सुदिप अर्याल र स्वीकार श्रेष्ठले १÷१ विकेट लिए । स्याङ्जाले यसअघि तनहुँमाथि जित हाँसिल गरेको थियो ।