नेपाल र हङकङ भिड्दै, जित्ला नेपालले ?

मंसिर ६, २०७८ सोमबार

फाइल तस्वीर

पोखरा । आईसीसी महिला टी-ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा अहिले नेपाल र हङकङ भिड्दै छन् ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हङकङले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । यससँगै नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

६ टोली सहभागी प्रतियोगितामा नेपाल पहिलो खेलमा जित निकाल्दै सुखद् सुरुवात गर्न चाहन्छ । हङकङसमेत पहिलो जित निकाल्न चाहन्छ ।