अखिल नेपाल खेलकुद महासंघ कास्कीमा सुवेदी

मंसिर ७, २०७८ मंगलबार

पोखरा । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा वामदेव सुवेदी चयन भएका छन् । 

पोखरामा आयोजित प्रथम भेलाले सुवेदीको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

महासंघको जिल्ला उपाध्यक्षमा प्रकाश मल्ल, सचिवमा विशाल गुरुङ, कोषाध्यक्षमा जीवन बाँस्तोला र सहसचिवमा होमनाथ विश्वकर्मा छन् ।