मेगा बैंकका प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त सम्मानित

मंसिर ७, २०७८ मंगलबार

पोखरा । मेगा बैंक लिमिटेडका प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त सम्मानित भएका छन् । 

पन्तलाई नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग आन्तरिक राजस्व कार्यालय बागलुङले सम्मान गरेको हो ।

फलेवास नगरपालिका वडा नं. ७ पर्वत निवासी पन्त दशौं राष्ट्रिय कर दिवसको अवसरमा सम्मानित भएका हुन् ।

पर्वत जिल्लामा दर्ता भएका करदातामध्ये सबैभन्दा धेरै आयकर दाखिला गरेकोमा पन्तलाई सम्मान गरिएको राजस्व कार्यालयले जनाएको छ ।