नेता पोषनाथ शर्मा कास्की कांग्रेसको सभापतिमा लड्ने

मंसिर ८, २०७८ बुधबार

पोखरा । नेपाली कांग्रेसका नेता पोषनाथ शर्माले कास्की कांग्रेसको सभापतिमा चुनाव लड्ने भएका छन् ।  

कास्की क्षेत्र नं. ३ बाट महाधिवेशन प्रतिनिधि जितेका शर्माले गण्डकी भ्वाइससंग कुरा गर्दै आफू कास्की कांग्रेसको सभापतिमा चुनाव लड्ने बताए ।

उनले आफू सभापति बनेर कांग्रेसलाई बलियो पार्टी बनाउने उल्लेख गरे ।

उनी निवर्तमान क्षेत्रीय सभापति एवं कास्की कांग्रेसका पूर्व सचिव हुन् । 

कांग्रेसप्रति युवाको आकर्षण बढेको उल्लेख गर्दै नेता शर्माले युवाको भावनालाई कदर र अग्रजलाई सम्मान गर्दैै पार्टी सञ्चालन गर्ने प्रतिवद्धता जनाए ।

कास्की कांग्रेसको महाधिवेशन मंसिर १० गते हुँदैछ ।