मोटरसाइकल दुर्घटनामा माओवादी केन्द्रका केन्द्रीय सदस्य टंकमणिको निधन

मंसिर ८, २०७८ बुधबार

रुपन्देही । सवारी दुर्घटनामा परी माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं रुपन्देहीका इञ्चार्ज रामप्रसाद बञ्जाडे (टंकमणि) को ज्यान भएको छ । 

दाङ्गको भालुवाङ्गमा भएको कार्यक्रम सकेर गएराति बुटवल फर्कदै गर्दा उनी सवार  लु२६प ५८९८ नम्बरको मोटरसाइकललाई ना७ख ९०६ नम्बरको बसले जितगढीमा ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका ५५ वर्षीय बञ्जाडेको बिहान लुम्बिनी सिटी अस्पतालमा निधन भएको प्रहरीले जानकारी दिए । 

मोटरसाइकल चालक पाल्पा रामपुरका जीतबहादुर थापाको बुटवलको मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मोहन खाँणले जानकारी दिए ।