बसले साइकललाई ठक्कर दिंदा सन्तोषको मृत्यु

मंसिर ८, २०७८ बुधबार

कपिलवस्तु । कपिलवस्तुमा बसको ठक्करबाट एक किशोरको मृत्यु भएको छ ।

बुधबार जिल्लाको शिवराज नगरपालिका १ मा बसको ठक्करबाट स्थानीय १८ वर्षीय सन्तोष मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८१९१ नम्बरको बसले बनवासबाट चन्द्रौटातर्फ साइकलमा आउँदै गरेका पुनलाई ठक्कर दिँदा मगर गम्भीर घाइते भएका थिए ।

बुटवलमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।