ट्याक्टर दुर्घटना हुँदा नवराजको घटनास्थलमै मृत्यु

मंसिर ८, २०७८ बुधबार

फाइल तस्वीर

पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत चिवाभञ्ज्याङबाट च्याङथापूतर्फ आउँदै गरेको प्र १-०१-००१ त ९५६२ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल झरेको थयो ।

उक्त दुर्घटनामा ट्याक्टर चालक याङवरक गाउँपालिका-२ का ३३ वर्षीय नवराज बेघाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।