महिलाको मृत्यु भएपछि ठक्कर दिने ट्रकमा आगजनी, स्थिति तनावग्रस्त

मंसिर ९, २०७८ बिहीबार

कैलाली । कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । 

जिल्लाको लम्कीचुहा नगरपालिका अन्तरगत पूर्व-पश्चिम राजमार्गमा ना२ख ९३७० नम्बरको ट्रकले ठक्कर दिदा महिलाको मृत्यु भएको हो ।

ती महिलाको परिचय खुल्न सकेको छन् । 

यसैबीच महिलाको मृत्यु भएपछि आक्रोशित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् ।

उनीहरूले पूर्व-पश्चिम राजमार्ग पनि अवरुद्ध गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उउपरीक्षक विश्वराज अधिकारीका अनुसार स्थानीयको भिडलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जनबढी अश्रुग्यास प्रहार गरेको छ ।

तर, पनि स्थिति शान्त बन्न सकेको छैन । अहिले सो स्थानमा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । 

घटनापछि प्रहरीले ट्रक चालक नवलपरासीका राजकुमार चौधरीलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख अधिकारीले बताए ।