कास्की कांग्रेसको सभापतिमा पाँच जनाको उम्मेदवारी, कस्ले जित्ला ?

मंसिर ९, २०७८ बिहीबार

पोखरा । नेपाली कांग्रेस कास्कीको सभापति पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।

पार्टीको १४औं महाधिवेशन अन्तर्गत कास्कीमा मंसिर १० गते चुनाव हुँदैछ । 

सभापति पदका लागि वर्तमान उपसभापति आइबहादुर गुरुङ, नेता किशोरदत्त बराल, गिरीराज गौतम, निवर्तमान क्षेत्रीय सभापति पोषनाथ शर्मा र वर्तमान सचिव सुदीपमोहन भट्टराईले उम्मेदवारी दिएका छन् । 

वर्तमान सभापति कृष्णबहादुर केसीले पुनः सभापति दोहोर्याउने चर्चा चलेपनि उनले उम्मेदवारी दिएका छैनन् ।

यसैगरी महिला नेतृ सरस्वती गुरुङले उम्मेदवारी घोषण गरेर पनि उम्मेदवारी दिएकी छैनन् । 

सभापति बन्नका लागि पार्टीको क्रियाशील सदस्यता दिएको १० बर्ष पुगेको हुनुपर्नेछ । उनले पार्टीको क्रियाशील सदस्यता लिएको यसै वर्ष हो । त्यसैले उनले सभापतिमा उम्मेदवारी दिन नमिलेको बताइएको छ ।