कास्की कांग्रेसको उपसभापतिमा १० जनाको उम्मेदवारी, को-को हुन् ?

मंसिर ९, २०७८ बिहीबार

कास्की । नेपाली कांग्रेस कास्कीको उपसभापति पदका लागि १० जनाको उम्मेदवारी परेको छ । 

पार्टीको १४औं महाधिवेशन अन्तर्गत कास्कीमा १० गते चुनाव हुँदैछ । 

उपसभापति पदका लागि कृष्णप्रसाद ढुंगाना, नारायणप्रसाद श्रेष्ठ, पिताम्वर पौडेल, प्रज्वल रञ्जित, विजयराज भण्डारी, युवराज कुँवर, रामबाबु भण्डारी, रंगीला आचार्य, लेखबहादुर गुरुङ र हरिप्रसाद शर्मा लामिछानेले उम्मेदवारी दिएका छन् ।