कास्कीमा बस दुर्घटना अपडेटः चालकको मृत्यु, आठ जना घाइते

मंसिर १४, २०७८ मंगलबार

तस्वीरः सुरेन्द्र गुरुङ

पोखरा । कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ३ पाउँदुरमा यात्रु बस दुर्घटना भएको छ । सो दुर्घटनामा एक जनाको मृत्यु र आठ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पाउँदुरस्थित जुमकाजी विकको घर नजिकै बस दुर्घटना भएको हो । बस पिल्टएर सडक भन्दा करिब ३० मिटर तल पुगेको छ ।

कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले दुर्घटनाका घाइतेलाई उद्धार गरि पोखराको फिस्टेल अस्पताल, गण्डकी मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो ।

फिस्टेल अस्पतालमा उपचाररत बस चालक पाल्पा घर भएका ४६ वर्षका भूपेन्द्र खनालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तो छ दुर्घटना विवरण