सुन चाँदीको मूल्य थप गिरावट, कतिमा हुँदैछ कारोबार ?

मंसिर १५, २०७८ बुधबार

काठमाडौं । बुधबार पनि सुन चाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४ सयले घटेर ९१ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ९१ हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रहेको छ ।

त्यसैगरी बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १२०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।