पेट्रोलियम पदार्थमा प्रतिलिटर आठ रुपैयाँ भ्याट घटाइयो, नेपालमा कहिले ?

मंसिर १५, २०७८ बुधबार

नयाँदिल्ली । भारतको नयाँदिल्लीमा पेट्रोलियम पदार्थमा प्रतिलिटर आठ रुपैयाँ भ्याट घटेको छ । 

नयाँदिल्ली प्रदेश सरकारले जनतालाई राहत दिन पेट्रोलियम पदार्थमा प्रतिलिटर आठ रुपैयाँ भ्याट घटाएको हो ।

सरकारले लिने भ्याट (कर) घटाउँदा यसको प्रत्यक्ष सुविधा जनतालाई पर्नेछ ।

बुधवार बसेको दिल्ली सरकार मन्त्रिपरिषद् बैठकले ८ रुपैयाँ प्रतिलिटर भ्याट छुट गर्ने निर्णय गरेसँगै मूल्य घटेको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली सरकारले पेट्रोलमा लाग्ने भ्याटलाई ३० प्रतिशतबाट घटाएर १९.४ प्रतिशतमा झारेको छ ।

बुधवार रातिदेखि नै घटेको मूल्य लागू हुनेछ ।

यस वर्ष शुरूदेखि नै पेट्रोलको मूल्य लगातार बढिरहँदा सर्वसाधारण मर्कामा परेपछि दिल्ली सरकारले राहतका लागि भ्याट छुटको निर्णय गरेको छ । एजेन्सी