पोखरामा अटाएर फेशन नाइट (तस्वीरहरु)

पुस २४, २०७८ शनिबार

पुकार पुर्जा

पोखरा । पोखरामा मन गुरुङ एटाएर फेशन नाइट सम्पन्न भएको छ । फेशन नाइटमा मिस नेपाल ईन्टरनेशनल २०१७ की विजेता तथा सुपर मोडल नीती शाह, मिस गण्डकीकी थर्ड रनरअप सोनु खत्री मुख्य आर्कषणमा रहेका थिए ।

फेशनशो तीन सिक्वेन्समा प्रस्तुत गरिएको छ । एसटी क्रियशन म्यानेजमेन्ट प्रालिद्धारा आयोजित शोमा पोखरादेखि फेशन डिजाइनको शुरुआत गरेकी फेशन डिजाइनर मन गुरुङले निर्माण गरेका विभिन्न थरिका पोशाकहरु प्रदर्शनी गरिएको थियो ।

उक्त अवसरमा जेनिता मगरको कोरियोग्राफीमा पोखराका चर्चित १० जना मोडलहरुले ¥याम्प शेयर गरेका थिए भने गायक एवं सञ्चारकर्मी सन्तोष बस्याल र गायिका प्राप्ती तुलाचनले गीत प्रस्तुत गरेका थिए ।

सो अवसरमा २० जना मस्तिष्क पक्षघात भएका बालबालिका आश्रित संस्था साथी संसार नेपाललाई एक लाख ११ हजार १११ रुपैयाँ हस्तान्तरण गरिएको थियो । 

संस्थाका अध्यक्ष नारायण अधिकारीलाई आयोजक संस्थाका अध्यक्ष राम रानाभाट, एसटी क्रियशन म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक सुरज थापा लगायतले रकम हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा सफल महिला उद्यमी मीलन थापाले मन गुरुङको कला र कौशलको तारिफ गर्दै महिलाहरु पनि सबल र सक्षम छन् भन्ने उदाहरण फेशन नाइट भएको बताइन् ।

कोभिड महामारीले मनोरञ्जन क्षेत्रमा पूरै ध्वस्त भएको अवस्थामा यस्ता कार्यक्रमले थोरै भए पनि मल्हमपट्टि लगाउने उनको विश्वास छ । 

आयोजक संस्थाका अध्यक्ष राम रानाभाटको अध्यक्षतामा भएको फेशन नाइटमा कार्यक्रम संयोजक सचिन रानाभाटले स्वागत र ईनिशा दुरामगरले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

तस्वीरहरु