पर्वतकी एक युवतीको पोखरामा मृत्यु

माघ ७, २०७८ शुक्रबार

पोखरा । कोरोना संक्रमणबाट पोखरामा एक युवतीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ की २३ वर्षकी युवती रहेकी छन् ।

उनको बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनी माघ ५ गते कोरोना संक्रमित भएकी थिइन् ।

योसहित पर्वतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७७ पुगेको छ । 

पर्वतमा आज १६ जना संक्रमित थपिएका छन् ।