पोखराको फेवातालमा वेलायती नागरिकको शव भेटियो

माघ ७, २०७८ शुक्रबार

फाइल तस्वीर

पोखरा । पोखराको फेवातालमा एक मानिसको शव फेला परेको छ । 

पोखरा महानगरपालिका वडा नं. २२ अँधेरीखोला नजिकै फेवातालको पूर्वी भागमा शव फेला परेको हो ।

कास्की प्रहरीका अनुसार उक्त शव ४६ वर्षका बेलायती नागरिक मार्क सुटको हो । 

तालमा तैरिरहेको अवस्थामा शव फेला परेको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

उनको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको डिएसपी तिवारीले बताए ।