कोरोना कहरः तनहुँ बन्दीपुरकी महिलाको पोखरामा मृत्यु

माघ ८, २०७८ शनिबार

फाइल तस्वीर

पोखरा । पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. २ की ९२ वर्षकी महिला रहेकी छन् ।

पुस २३ गते कोरोना संक्रमित भएकी उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

योसंगै गण्डकी प्रदेशका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ३३ जना पुगेको छ भने तनहुँमा मृत्यु हुनेको संख्या १५३ जना पुगेको छ ।