कास्कीको मादीमा नेकपा एस गठन, अध्यक्षमा सापकोटा

माघ ९, २०७८ आइतबार

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले कास्कीको मादी गाउँपालिकामा पालिका कमिटी गठन गरेको छ ।

कमिटीको अध्यक्षमा घननाथ सापकोटा चयन भएका छन् । सो कमिटीको उपाध्यक्षमा साजन तामाङ, सचिव दुर्गा भुजेल र उपसचिव दुर्गा थपलिया छन् ।

भेलाले मादी गाँउपालिकाको १२ वटै वडामा संगठन विस्तार गर्ने गरी योजना बनाएको अध्यक्ष सापकोटाले जानकारी दिए ।