माघ ९, २०७८ आइतबार
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी श्रीमती राधिका शाक्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पतिले पीसीआर परीक्षण गराएका थिए ।
पीसीआर गर्दा पोजेटिभ देखिएपछि उनीहरु अहिले आफ्नै निवासमा आइसोलेशनमा बसेको बताइएको छ ।
सङ्क्रमण पुष्टि भएपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको छ । ओलीले आज गर्ने भनिएको पत्रकार सम्मेलन पनि रोकिएको छ ।