सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

माघ ९, २०७८ आइतबार

पोखरा । नेपाली बजारमा आज आइतबार सुनको भाउ ३०० रुपैयाँले घटेको छ ।

गत शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ३०० रुपैयाँले घट्दै ९३ हजार ५०० रुपैयाँमा झरेको हो । 

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ३०० रुपैयाँले नै घट्दै प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा तोलामा १० रुपैयाँले घट्दै आज आइतबार एक हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार चाँदी प्रतितोला एक हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।