ज्योतिषीय दृष्टिकोणमा वर्ष २०७९ : कस्तो रहला ?

बैशाख १, २०७९ बिहीबार

पोखरा । २०७९ सालको सम्वत्सार नाम नल हो । यो वर्षको राजा शनि ग्रह हो भने मन्त्री बृहस्पति ग्रह हो ।

शनि ग्रहको कारण यो वर्ष देशमा आपराधिक घटनाहरु, चोरी-लुट्पाट-बलात्कार जस्ता घटनाहरुमा न्यायका कारक शनि वर्षराजाको भूमिकामा भएका कारण कमि देखिनुका साथै सामाजिक सुशासन कायम हुनेछ ।

देशको राजनीतिमा उतारचढाव आउने देखिन्छ । राजनीतिक सन्तुलन मिलाउन राजनीतिक शक्ति, दल-गुट जनता सामु भुल एवं कमजोरी सुधार गर्दै धर्म, न्याय एवं जनमुखी विषयप्रति सचेत हुँदै अघि लाग्नेछन् ।

चिकित्सा क्षेत्रमा ठूलो खोज विकास हुनेछ । तर नयाँ रोगको भय भने कायमै होला । उद्योग एवं व्यापार मध्यम होला । बजारमा खाद्य अभाव एवं मूल्य वृद्धि समान गर्नुपर्ने होला । 

बैंक, वित्तीय संस्था एवं सहकारी संस्थामा अलि झमेला एवं विवाद देखिएला । खेतीपाती, जल, दूधजन्य पदार्थका काममा यो वर्ष कमी आउला । वर्षा कम हुँदा कृषि उत्पादनमा कमी होला ।

गाडी-फलाम, निर्माण सामग्री, खनिज पदार्थ, तेल, सुन–चाँदीको भाउ अनियन्त्रित होला । शेयर मार्केटमा आकर्षकको कमी होला । ठूला योजना एवं विकास कार्यमा रोकावट देखा पर्नेछ । 

प्राकृतिक विपत्ति, सुख्खा खडेरी, उच्च तापक्रम जस्ता समस्याको कारण जल वायु परिवर्तनको प्रभाव स्पष्ट देखिने छ ।